काठमाडाैं । न्युजिल्यान्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
भारतको इडेन गार्डेन मैदानमा बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेकाे हाे । दक्षिण अफ्रिकाले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको न्युजिलयन्डले १२ ओभर ५ बलमा १ विकेट गुमाएर भेटाएकाे थियाे। न्युजिल्यान्डका ओपनर फिन एलेनले ३३ बलमै शतक बनाउँदै कीर्तिमान बनाएका हुन्। यो टी–२० विश्वकप इतिहासकै छिटो बनाएको शतक हो ।
त्यस अघि भारतको कोलकातामा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका मार्को यानसेनले अविजित ५५ रन बनाएका थिए । न्युजिल्यान्डका लागि म्याट हेनरी, कोल मेकोन्की र रचिन रविन्द्रले २–२ विकेट लिएका हुन् । भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल खेल बिहीबार हुने भएकाे छ ।
भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा बिहीबार बेलुका सवा ७ बजेदेखि हुने भएकाे छ। १०औँ संस्करणको प्रतियोगिताको फाइनल खेल यहि फागुन २४ गते भारतको गुजरातमा रहेको अहमदाबादमा हुने भएकाे हाे ।







प्रतिक्रिया दिनुहोस्