Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


भक्तपुरमा कार दुर्घटना : तीन जनाको मृत्यु


5k
Shares

भक्तपुर । नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा सोमबार दिउँसो दुर्घटना हुँदा घाइते पाँचमध्ये तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधान रहेका छन्। उनीहरूको उपचारका क्रममा मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

घाइते योगेन्द्र र सुरेन्द्रको मध्यपुर अस्पतालमा तथा कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अन्य दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।