Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


सार्वजनिक बिदामा पनि बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे निर्देशन


572
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले एक निर्देशनमार्फत होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात फागुन २१ गते बिहीबार बै‌क तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो। राष्ट्र बैंकले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक-वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद/ चेक र अन्य विनिमय साधनहरुको दाखिला- भुक्तानी लगायतका बैङ्किङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने जनाइउकाे छ ।