Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


पद्म ज्योति ग्रुपले ‘रिच्स’ सँगकाे सहकार्य थप विस्तार गर्दै


286
Shares

काठमाडाैं । नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना पद्म ज्योति ग्रुपले ‘रिच्स इन्डिया’ सँगको आफ्नो सहकार्यलाई थप सुदृढ बनाउँदै विस्तार गरेको छ ।

याेसँगै नेपालको फुड सर्भिस तथा कुलिनरी क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने दुवै कम्पनीले प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘रिच्स’ले विगत दुई दशकदेखि नेपालमा आफ्नो उपस्थिति जनाउँदै आएता पनि यो नयाँ सम्झौताले ग्राहकहरूसँगको गहिरो सम्बन्ध, सेफहरूको क्षमता अभिवृद्धि र नेपाली बजार सुहाउँदो विश्वव्यापी कुलिनरीका नयाँ ट्रेन्डहरू भित्राउन विशेष रणनीतिक भूमिका खेल्ने भएकाे छ।

सन् १९४५ मा स्थापित ‘रिच्स’ ८० वर्ष भन्दा लामो विश्वव्यापी विरासत बोकेको एक पारिवारिक खाद्य कम्पनी हो । जसले भारतमामात्रै ३० वर्ष भन्दा बढी समयदेखि सेवा दिइरहेको छ । ‘नन–डेयरी ह्विप्ड टपिङ’ को उत्पादनमा विश्वमै अग्रणी मानिने यस कम्पनीले आधुनिक बेकरी, डेजर्ट र फुडसर्भिसको क्षेत्रलाई नयाँ आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको हाे।

पद्म ज्योति ग्रुपसँगको यो विस्तारित सहकार्य परम्परागत वितरण प्रणालीमा मात्र सीमित छैन । यसले ग्राहकको अनुभवलाई उत्कृष्ट बनाउन सेफहरूसँगको प्रत्यक्ष समन्वय, प्रयोगात्मक प्राविधिक तालिम र ज्ञान आदान-प्रदानमा विशेष जोड दिने कम्पनीले जनाएको छ ।