काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरु नेपाली कांग्रेस र नेकपा एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको दावी गर्नुभएको छ ।
काठमाडौंमा शुक्रबार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बाोधन गर्दै संयोजक दाहालले यस्तो दावी गर्नुभएको हो । अन्य पुराना राजनीतिक दलहरु रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रुपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उहाँको जिकिर छ । उहाँले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने जिकिर पनि गर्नुभयो । उहाँले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दावी गर्नुभएकाे छ।
संयोजक दाहालले नेकपाले निर्वाचनमा कुनैपनि दलहरुसँग तालमेल नगर्ने पनि स्पष्ट पार्नुभयो ।







प्रतिक्रिया दिनुहोस्