१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


भारत, अमेरिका, बेलायतमा पनि इन्द्रजात्रा मनाइयो


39
Shares

काठमाडौं, असोज ९ । इन्द्रजात्रा पर्व र कुमारी जात्रा नेपालसहित विभिन्न देशमा पनि मनाइँदैछ ।

भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायतका देशहरुमा जात्रा मनाइएको हो ।

सिक्किमको नाम्चीमा सोमबार कुमारी रथयात्रा, लाखे, पुलुकिसि नाच निकालेर नगर परिक्रमा गराइएको थियो ।

त्यहाँ नेपाली परम्पराअनुसार भोज गरी सांस्कृतिक कार्यक्रमकोसमेत आयोजना गरिएको थियो ।

सिक्किम नेवाः गुथिले आयोजना गरेको जात्रामा सिक्किमका मुख्यमन्त्री पवनकुमार चाम्लिङसहितको सहभागिता रहेको जनाइएको छ ।

गुठीले विगत ८ वर्षदेखि सिक्किममा इन्द्रजात्रा तथा कुमारी रथयात्रा गर्दै आएको छ ।

त्यस्तै, अमेरिकाका विभिन्न राज्यमा पनि नेपाली समुदायको आयोजनामा कुमारी, लाखे, पुलुकिसि नाच प्रदर्शन गर्दै सांस्कृतिक कार्यक्रमको गरिएको छ ।

अमेरिकाको बाल्टिमोरमा पहिलोपटक कुमारीकारुपमा बालिका रथमा राखेर कुमारी जात्रा गरिएको जनाइएको छ ।

यस्तै बेलायत, अष्ट्रेलिया र क्यानडामा पनि विभिन्न सांस्कृतिक कार्यक्रम र कुमारी रथसहित इन्द्रजात्रा मनाइएको छ ।