Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


नेपाली सेना चढेको बस दुर्घटना हुँदा २४ जना घाइते, ८ को अवस्था गम्भीर


715
Shares

काठमाडाैं । भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटनामा परेको छ ।

साेही दुर्घटनामा २४ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकाे छ । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडाैं ल्याएको प्रहरीले जनाएको हाे । सामान्य घाइते २ जनाको भोजपुर अस्पतालमै उपचार भइरहेको पनि जनाइएकाे छ ।

निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि बुधबार साँझ गएको नयाँ श्रीनाथ गणका सेना चढेको बस भोजपुर नगरपालिका–४ दावाँको सेती बगरमा दुर्घटना भएको हो । प्रहरीले ना ४ ख ७३१७ नम्बरको बस सडकबाट तल खसेर रुखमा अड्किएको बताएकाे छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको हाे ।