Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा कांग्रेसमा प्रवेश


1.3k
Shares

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गर्ने भएकी छन्।

रास्वपा परित्याग गर्ने घोषणा गरेकी शर्मा जनकपुरधाममा आयोजना हुन लागेको आमसभामा कांग्रेस प्रवेश गर्न लागेकी हुन्।

पार्टी विधि र विधानविपरित चलेको भन्दै उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्या गरेको घोषणा गरेकी छन्।

पार्टीमा खटिएका क्षमतावान रास्वपा कार्यकर्ताहरूको मूल्यांकन नभएको भन्दै उनले पार्टी परित्याग गरेकाे बताएकी छन् ।यही २१ गतेको निर्वाचनसम्बन्धी पार्टीले आवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरित भएको उनले बताएकी छन्।