Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट


1.7k
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।

गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले बुधबार पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख चार सय रूपैयाँ पुगेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा चार हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार नौ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।