काठमाडाैं । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बनेपाको दूरसञ्चार नजिकै बुधबार भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रहरीले बताएकाे हाे। साेही दुर्घटनामा परी एक जना घाइते भएकाे जनाइएकाे छ। बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२९०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो ।
दुर्घटनापछि सोही क्षेत्र तनावग्रस्त बनेको छ। सडक खण्डमा सवारी आगमन समेत अवरुद्ध भएको प्रहरीले बताएकाे हाे ।






प्रतिक्रिया दिनुहोस्