Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


प्रतिनिधिसभा निर्वाचन आउन अब १५ दिन मात्रै बाँकी

चुनावी गतिविधि गर्दा प्रविधिको दुरुपयोग नगर्न आयाेगकाे आग्रह

104
Shares

काठमाडौं । यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १५ दिन बाँकी रहेको छ ।

निर्वाचन आयोगले चुनावी गतिविधि गर्दा प्रविधिको दुरुपयोग नगर्न आग्रह गरेको हाे। प्रविधिको प्रयोग गर्दा हुने दुरुपयोगले चुनावको निष्पक्षतामा नै प्रश्न उठ्न सक्ने भएकाले यसतर्फ गम्भीर बन्न आयोगले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एवम् सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चार माध्यमलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलेआर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरी सिर्जना गरिएका कतिपय सामग्री सामाजिक सञ्जालमा नराख्न र चुनावलाई मर्यादित बनाउन आग्रह गर्नुभयो ।

उहाँले चुनाव केन्द्रित मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न समेत आग्रह गर्नुभयो । निर्वाच आचारसंहिता, २०८२ ले प्रस्ताव गरेको मतदातको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्ने भएकाले नतिजा पहिला नै घोषणा गरिदिँदै उम्मेदवारलाई हतोत्साही बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्याउने जस्ता काम नगर्न आयोगले अनुरोध गरेको छ । नयाँ नयाँ प्रविधिले सूचना प्रवाहमा सहजता ल्याएको भए पनि यसको दुरुपयोग गर्न नहुनेमा उहाँको जोड छ ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ भन्नेतर्फ आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयाे ।