Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


निर्वाचन क्षेत्र केन्द्रीत ओलीका ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक


0
Shares

झापा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलहरुको दोहोरो चरित्रका कारण पपुलिस्टहरुले राजनीतिक फाइदा लिने अवस्था आएको गुनासो गर्नुभएको छ ।

आफू उम्मेदवार बनेको झापाको क्षेत्र नम्बर ५ केन्द्रीत ४२ बुँदा प्रतिवद्धता जारी गर्दै ओलीले स्टन्टबाज र पपुलिस्टको कुनै दर्शन नीति कार्यक्रम नभई केवल देखावटी नारा मात्र हुने बताउनुभएको छ ।
तर राजनीतिक दलहरुको दोहोरो चरित्रका कारण उनीहरुले अहिले सर्वसाधारणलाई भ्रम पारेर परिस्थितिको फाइदा उठाउन खोजेको गुनासो गर्नुभयो ।

ओलीले निर्वाचन केन्द्रीत भई जारी गरेको प्रतिवद्धतापत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियता र पूर्वाधार गरि ४ वटा विषयलाई समेटिएको छ । यस्तै यस अघि शुरु भएर रोकिएका अधुरा कामहरू पूरा गर्न सशक्त पहल गर्ने, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा दिने पनि ओलीको आश्वासन छ ।

जनता आवास र विपन्न आवास निर्माणका कार्यक्रमलाई निरन्तरता दिने, आदिबासी, जनजाति, दलित, सन्थाल, मुस्लिमलगायतका पछाडि पारिएका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने पनि ओलीको प्रतिवद्धतापत्रमा उल्लेख छ ।