Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सेवा सुविधा थोरै भएको भन्दै निर्वाचन प्रहरी आन्दोलन


1.1k
Shares

काठमाडाैं । सेवा–सुविधाप्रति असन्तुष्टि जनाउँदै हुम्लाका निर्वाचन प्रहरीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै प्रर्दशन गरेका छन्।

हुम्लाका निर्वाचन प्रहरीहरूले पहिले जानकारी गराइएको भन्दा कम तलब दिन लागिएको भन्ने सूचना पाएपछि आन्दोलनमा उत्रिएको बताएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लाा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ।

निर्वाचन प्रहरीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमान सरह प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ। साथै मतदानको दिन अघिपछि गरी चार दिनका लागि प्रतिव्यक्ति दैनिक ३०० रुपैयाँका दरले एकमुष्ट १ हजार २०० रुपैयाँ खाजा खर्च पनि उपलब्ध हुने व्यवस्था गरिएको छ।

हिमाली क्षेत्रमा खटिने म्यादी प्रहरीहरूले पहाडी र तराई क्षेत्रको तुलनामा केही बढी सुविधा पाउने प्रावधान छ। त्यसअनुसार हिमाली क्षेत्रमा प्रति प्रहरी करिब ११ हजार ५ सय ७० रुपैयाँ अतिरिक्त खर्च पाउने व्यवस्था छ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवा–सुविधासम्बन्धी विषय उठाएर विरोध जनाएको र त्यसबारे बुझ्ने काम भइरहेको जानकारी दिनुभयो।