२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024


सच्याइएकोः मनाङ एअरको हेलिकप्टर सिमकोटमा


0
Shares

सिमकोट, असोज ९ । मनाङ एअरको हेलिकोप्टर सिमकोट ल्याइपुर्‍याइएको छ ।

मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बीथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई मंगलबार श्री एअरको ठूलो हेलिकोप्टरले हिल्साबाट झुन्ड्याएर ल्याएको हो ।

गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पंखाले लागेर एक भारतीयको घटनास्थलमै मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो ।

प्राधिकरणले एक हप्ताका लागि उडान प्रतिबन्ध लगाएपछि हिल्साको हेलिप्याडमै राखिएको हेलिकोप्टर डेढ महिनापछि जिल्ला सदरमुकाम सिमकोट ल्याइएको सिमकोट विमानस्थलका निमित्त प्रमुख किरण दाहालले जानकारी दिए ।

पछाडिको पांले लागेर मुम्बइका ४२ वर्षीय नगेन्द्रकुमार कात्तिक मेहताको घटनास्थलमै मृत्यु भएको थियो । रासस