Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


आईसीसी टी–२० विश्वकपः इटालीसँग नेपालको लज्जास्पद हार


520
Shares

काठमाडाैं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको इटालीले ११.४ ओभरमै कुनै विकेट नगुमाई सहज जित दर्ता गर्‍यो। नेपालले दिएको १ सय २३ रनको लक्ष्य इटालीका ओपनर मोस्का दाजुभाइले उत्कृष्ट साझेदारी गर्दै पार लगाए। नेपालका बलरहरू इटालीको ब्याटिङ आक्रमण रोक्न असफल भए भने एक विकेटसमेत लिन सकेनन्।

इटालीका लागि एन्थोनी मोस्काले ३२ बलमा ६२ रनको आक्रामक इनिङ्स खेले। उनले तीन चौका र छ छक्का प्रहार गरे। त्यस्तै, जस्टिन मोस्काले ४४ बलमा अविजित ६० रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याए। उनले पाँच चौका र तीन छक्का प्रहार गरे।

ब्याटिङ र बलिङ दुवै पक्षमा कमजोर प्रदर्शन गरेको नेपाल प्रतियोगितामा दबाबमा परेको छ।

Skip This