Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपाली बजारमा आज सुनकाे मूल्य घट्याे


3.4k
Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य रुपमा घटेको छ ।

गत आइतबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्य बिहीबार भने सामान्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार पाँच सय रूपैयाँ पुगेको जनाएकाे छ। बुधबार सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूफैयाँ घटेको हो।

यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ। बुधबार तोलामा पाँच हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको हाे। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस पाँच हजार ७० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।