Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्याे


2.1k
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ।

आइतबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले बुधबार पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रूपैयाँ पुगेको जनाएकाे हाे । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार १ सय रूफैयाँ बढेको हो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा ५ हजार २ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार २ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ५ हजार ५० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।