काठमाडाैं । सल्यानमा बुधबार बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
राप्ती लोकमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–स्थित तुलसीपुर कपुरकोट सडक खण्डको चोरखोला नजिकै ग १ ज ५६६१ नम्बरको डबल क्याब बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
साेही दुर्घटनाको कारण भने नखुलेको र मृतकको पनि पहिचान हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे हाे।





प्रतिक्रिया दिनुहोस्