२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


निर्मला पन्तको हत्या अनुसन्धानबारे गठित समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन


0
Shares

काठमाडौं, असोज ९ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा भएको त्रुटि छानबिन गर्न गठित समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा बालिका बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा भएका त्रुटि औंल्याइएको संयोजक मैनालीले जानकारी दिए । समितिका सदस्य वीरेन्द्र केसीले घटनामा भएका सबै त्रुटि समेटेर प्रतिवेदन बुझाइएको बताए ।

उनले आफूले यसअघि उठाउँदै आएका विषय पनि प्रतिवेदनमा समेटिएको जानकारी दिए ।