काठमाडाैं । पर्साकाे वीरगन्जमा अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले साेमबार राति चार जना पक्राउ परेकाे जनाएकाे हाे। पर्सा प्रहरीले पक्राउ परेका चारै जनाकाे आवश्यक अनुसन्धान भइरहेको बताएकाे छ। वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले साेमबार वीरगन्जको आदर्शनगरमा मदनप्रसाद गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए। सशस्त्रकै दुई वटा गाडीमा क्षति पुगेको थियो ।
प्रहरी टोलीले करिब १२ लाख ५० हजार मूल्य बराबरका सामान बरामद गरेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्