काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले क्यानाडालाई पराजित गर्दै विजयी शुरूवात गरेको छ ।
साेमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले क्यानाडालाई ५७ रनले फराकिराे अन्तरले पराजित गरेकाे हाे । दक्षिण अफ्रिकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको क्यानाडा निर्धारित २० ओभरमा एक सय ५६ रनमा अलआउट भयो । क्यानाडाका नवनीत धालिवालले ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
त्यसअघि अहमदावादमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान एडेन माक्र्रमले ५९ रन बनाएका हुन् । मंगलबार भएका अन्य खेलमा जिम्बावेले ओमानलाई ८ विकेटले र स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्