Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


राष्ट्रिय निकुञ्ज सम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्न अध्यक्ष दाहालकाे निर्देशन


117
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ लाई कार्यान्वयन गर्न निर्देशन दिनुभएकाे छ।

सभाको शुक्रबार को बैठकमा उहाँले उक्त अध्ययन प्रतिवेदनमा समावेश भएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएकाे हाे । बैठकमा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल भएको थियो ।

साेही छलफलमा उठेका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईले नेपालले अवलम्बन गरेको संरक्षणमुखी नीतिले दीर्घकालीन रुपमा पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न सफल भएको बताउनुभएकाे छ ।