Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


डिसहोम गो एपमा नयाँ फिल्महरु उपलब्ध


260
Shares

काठमाडौं ।
डिसहोमले डिसहोम गो एप मार्फत् विभिन्न नयाँ फिल्महरु उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले पछिल्लो समय डिसहोम गो मा नेपाली चलचित्र “एक भागवत एक गीता” उपलब्ध गराएको छ । यो चलचित्र नेपालभित्र २ सय २५ रुपैयाँ र नेपाल बाहिर पनि थोरै शुल्क तिरेर दर्शकले हेर्न सक्ने कम्पनीले जनाएको छ ।

डिसहोम गो नेपाली ओटीटी प्लेटफर्म हो, जहाँ दर्शकले नेपाली तथा अन्तर्रााष्ट्रिय चलचित्र, सिरिज, टेलिझिजन कार्यक्रम, खेलकुद, सर्टफिल्म तथा नेपाली भाषमा डब गरिएका विभिन्न देशका ड्रामालगायत विविध श्रब्यदृष्य सामग्री सहजै हेर्न सक्छन् । संसारभर, जुनसुकै बेला गुणस्तरीय मनोरञ्जनका लाग डिसहोम गो भरपर्दो माध्यम हुन सक्ने कम्पनीको दाबी छ ।