Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


जेनजी आन्दोलनमा जलाइएको पुर्ख्यौली घर पुगे पूर्वगृहमन्त्री रमेश लेखक


273
Shares

कञ्चनपुर । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनमा आगजनी गरिएको पाँच महिनापछि सोमबार कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित आफ्नाे पुर्ख्यौली घर पुगेका छन्।

भदौ २४ गतेको आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा घर पूर्ण रूपमा नष्ट भएको थियो।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टी उमेदवारका पक्षमा माहोल बनाउन गृहनगर पुगेका लेखकले जलेको घरको अवलोकनसमेत गरे। स्थानीयसँग भेटघाट गर्दै उनले मुलुक जटिल अवस्थामा रहेको र लोकतन्त्र जोखिममा परेकाले सबै मिलेर कांग्रेसलाई जिताउनुपर्ने बताए।

लेखकले जिल्लामा कार्यकर्ता भेटघाट र चुनावी रणनीतिबारे छलफल थालेका छन्।