एजेन्सी । दक्षिण टर्कीको अन्ताल्या प्रदेशमा आइतबार एउटा यात्रुवाहक बस सडकबाट चिप्लिएर खाल्डोमा पल्टिँदा ८ जनाको मृत्यु भएको छ ।
अन्य २६ जना अन्य घाइते भएका हुन् । स्थानीय सञ्चारमाध्यम एनटिभीले ३४ जना यात्रु सवार उक्त बस सडक किनारको सुरक्षा बारमा ठोक्किएर दुर्घटना भएको जनाएकाे छ । दुर्घटनाको खबर प्राप्त भएलगत्तै आपत्कालीन उद्धार टोलीहरू घटनास्थलमा खटाइएको थियो ।
घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको छ । भूमध्यसागरीय क्षेत्रको लोकप्रिय पर्यटकीय गन्तव्य अन्ताल्यामा विगत केही दिनदेखि भारी वर्षा भइरहेको जनाइएकाे छ ।








प्रतिक्रिया दिनुहोस्