Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


नेपालमा २ दशकपछि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता


0
Shares

काठमाडाैं । नेपालमा २१ वर्षपछि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता भएको छ ।

नेपाल जिम्न्याष्टिक संघको आयोजनामा पोखरामा २०६१ सालमा साेही प्रतियोगिताको १३ औं संस्करण भएको थियो । दुई दशक पूरा भएपछि १४औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता शुक्रबारदेखि भक्तपुरको जगातीस्थित लिवालीमा शुरु भएको छ । कम्पिटिसन वानमा टिमको प्रतिष्पर्धा भइरहेको छ । पुरुषतर्फ भल्टमा नेपाल आर्मी, बागमती प्रदेश र एपिएफ रहेका छन् । आर्मीले ३७ दशमलव ८ स्कोर र बागमतीको ३६ दशमलव ७ स्कोर रहेको छ । एउटा टिममा ६ जना खेलाडी समावेश हुन्छन् । अहिले महिला एक्सरसाइज प्रतिष्पर्धा भइरहेको छ ।

व्यक्तिगत तर्फ भल्ट र फ्लोरको प्रतिष्पर्धा हुने भएकाे छ । यस प्रतियोगिता १ सय १४ जनाले प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो १३औं संस्करण २०६१ सालमा पोखरामा भएको थियो । २१ वर्षपछि १४औं संस्करण आयोजना भएको छ । त्यति बेला टिम च्याम्पियन भक्तपुर हो । अलराउन्डरमा पूण्यराम घेमसु च्याम्पियन हुँदा श्रीप्रसाद कोजु उपविजेता भएका थिए । कोजु यस प्रतियोगिता आयोजक भइसकेका छन् ।

दुई दिने प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम, नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान र संघका उपाध्यक्ष राजकुमार कार्कीलगायतले उद्घाटन गरेका थिए । सोही अवसरमा मन्त्री गौतमले जिम्न्यास्टिक खेलमा फोकस र कन्सनट्रेसन ब९ी हुने भएकाले यो खेल विशेष महत्व रहेको बताउनुभयाे ।