Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


केपी ओलीलाई झापा-५ मा चुनाव जित्न कुनै जोखिम नभएकाे महासचिव पोखरेलकाे दावी


208
Shares

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा- ५ मा निर्वाचनमा विजयी हुन कुनैपनि समस्या नरहेको दावी गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको सामाजिक सञ्जालमा हल्ला-खल्ला भएपनि सो निर्वाचन क्षेत्रमा अध्यक्ष ओलीलाई जित्न समस्या नहुने उहाँले दावी गर्नुभएकाे हाे । काठमाडौंमा शुक्रबार आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले झापा-५ का मतदाता राजनीतिक रुपमा सचेत रहेकाले त्यहाँ लोकप्रियतावादको नाममा फस्ने कुनै सम्भावना रहेको पार्टीको निष्कर्ष रहेको समेत बताउनुभयो । उहाँले राष्ट्रिय राजनीतिमा दाङको भूमिकालाई स्थापित गराउनका लागि पनि दाङका जनताले आफूलाई निर्वाचनमा विजयी गराउने विश्वास व्यक्त गर्नुभएकाे छ।

महासचिव पोखरेलले निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले पनि रोक्न नसक्ने जिकिर गर्नुभयो । साेही अवसरमा उहाँले नेपाली कांग्रेससँग आफ्नो पार्टीको प्रतिष्पर्धा हुने समेत बताउनुभएकाे छ।