काठमाडौं । चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१४ राधापुरमा बुधबार राति उनको मृत्यु भएको प्रहरीले बताएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदीको मृत्यु भएको हो । गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको पनि प्रहरीले जानकारी बताएको हो ।





प्रतिक्रिया दिनुहोस्