काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, सोमबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन कष्टकर हुने भएको हो। देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको महाशाखाले जनाएको छ।
त्यस्तै, सोमबार राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको हो । साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।
त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मंगलबार दिउँसोदेखि मेघगर्जन-चट्याङ्गसहितको मध्यम हिमपात-वर्षाको हुने भएको छ। साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।





प्रतिक्रिया दिनुहोस्