काठमाडौं । कैलाशकूट सामाजिक अभियानले स्वस्थ जीवन कसरी व्यतित गर्ने भन्ने विषयमा केन्द्रित रहेर एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरूले स्वस्थ जीवनशैलीका विविध पक्षहरूमा प्रकाश पारेका थिए ।
कार्यक्रममा सहभागी विशेषज्ञ डाक्टरहरूले स्वस्थ जीवनका लागि नियमित व्यायाम, सन्तुलित आहार र पर्याप्त निद्राको महत्त्वलाई विशेष रुपमा जोड दिएका थिए । उनीहरूले आधुनिक जीवनशैलीमा बढ्दो तनाव, अनियमित खानपान र शारीरिक गतिविधिको कमीले गर्दा विभिन्न रोगहरू बढ्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।
चिकित्सकहरूले रोगको उपचारभन्दा रोकथाममा जोड दिनुपर्नेमा सबैको ध्यानाकर्षण गराएका थिए । विशेषगरी मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी रोगहरूको जोखिम कम गर्न जीवनशैलीमा सुधार अत्यावश्यक रहेको उनीहरूको भनाइ थियो । उनीहरूले दैनिक शारीरिक व्यायाम गर्नुका साथै हिँडडुल, कुनै पनि खेलकुदमा संलग्न रहनु स्वास्थ्यका लागि लाभदायक हुने उल्लेख गरेका छन् ।
कैलाशकूट सामाजिक अभियानले यस्ता जनचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र मानिसहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्नु अभियानको मुख्य लक्ष्य रहेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्