Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


भक्तपुरमा खेलाडीका लागि दुईदिने बौद्धिक क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न


195
Shares

काठमाडौं ।
२०औँ एसियाली खेलकुद मिसन २०२६ को तयारीमा रहेका खेलाडीसहित अन्य खेलाडीका लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा बौद्धिक क्षमता अभिवृद्धि कार्यक्रम बुधबार सम्पन्न भएको छ।

बागमती प्रदेश खेलकुद परिषद्को सहयोगमा सूर्यविनायक नगरपालिकामा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा करिब ९० खेलाडी सहभागी थिए।

कार्यक्रममा लैङ्गिक हिंसा, मिडिया फेसिङ र स्पोर्ट्स साइकोलोजीसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। समापन समारोहमा सहभागी खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको छ।

Skip This