काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीचको मंगलबार भएकाे पहिलो चरणको वार्ता सकिएको छ ।
पहिलो चरणमा दुवै पक्षले आ-आफ्ना कुरा राखे पनि कुनै सहमति नभई वार्ता सकिएको विशेष महाधिवेशन पक्षधरबाट वार्तामा खटिएका नेता मधु आचार्यले बताउनुभएकाे हाे । दोस्रो चरणको वार्तामा बस्ने नबस्ने भन्ने नेताहरूसँग कुरा गरेपछि मात्रै टुंगो लाग्ने उहाँले बताउनुभएकाे छ ।
विशेष महाधिवेशन पक्षधरबाट वार्तामा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल , मधु आचार्य, नेता गुरुराज घिमिरे र देवराज चालिसे बसेका थिए । संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा बसेका पनि उहाँले बताउनुभयाे ।
साेही वार्तामा विशेष पक्षमधरले अस्वाभाविक माग राखेका कारण निकास भेट्न कठिन भएको संस्थापन पक्षधरले दावी गरेकाे छ ।





प्रतिक्रिया दिनुहोस्