Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


सुनचाँदीको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा

सुन प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

988
Shares

काठमाडाैं। नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ।

लगातार बढिरहेको सुनको मूल्य साेमबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। साेही दिन सुन प्रतितोला २ लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रूपैयामा काराेबार भएकाे जनाएकाे हाे।साेही मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला ४ हजार १ सय रूपैयाँ महँगो भएकाे छ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हाे। आइतबार तोलामा ४ हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ हजार १ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। साेही मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुनप्रतिऔंस ४ हजार ५ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे हाे ।