Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


आशिका तामाङको काठमाडौँ–२ बाट स्वतन्त्र उम्मेदवारी घोषणा


2k
Shares

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले काठमाडौँ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने स्पष्ट गर्दै आगामी संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राखी स्वतन्त्र उम्मेदवारी दिने बताएकी छन्

गत निर्वाचनमा काठमाडौँ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम निर्वाचित भएकी थिइन्। उनले १५ हजार २३८ मत प्राप्त गर्दा नेकपा एमालेका मणिराम फुयालले ११ हजार ५६६ मत पाएका थिए। त्यस्तै, काठमाडौँ–९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए। उनले ११ हजार ९५६ मत प्राप्त गर्दा रास्वपाका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका थिए।

रास्वपाले तामाङलाई समानुपातिक उम्मेदवार बन्न प्रस्ताव गरे पनि उनले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रत्यक्षतर्फ उम्मेदवारी दिने निर्णय गरेको जनाएकी छन्।

Skip This