काठमाडौं । नेपाली दर्शकहरूका लागि कन्टेन्ट प्रस्तुत गर्दै आएको डिसहोम गो ओटीटी एपले शुक्रबारदेखि नेपाली सिरिज “घर…एक सपना” स्ट्रिमिङका लागि उपलब्ध गराउने भएको छ ।
सरोज खनाल, लक्ष्मी गिरी, विश्व बस्नेतलगायत चर्चित कलाकारहरूको अभिनय रहेको यो नेपाली सिरिज अब डिसहोम एपमा दर्शकले हेर्न सक्ने कम्पनीले जनाएको छ ।
यो एप नेपालकै अग्रणी डिजिटल मनोरञ्जन प्लेटफर्म भएको र यहाँ नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुद, चलचित्र, सिरिज, मनोरञ्जनात्मक सामग्रीहरू तथा लाईभ टेलिभिजन सहज रूपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्