Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


भेनेजुएलामा अमेरिकी सेनाकाे कारबाहीमा ३२ जना सुरक्षाकर्मीको मृत्यु


2.4k
Shares

एजेन्सी। क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलो पटक आधिकारिक रूपमा पुष्टि गरेको छ ।

क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा र सैन्य कार्यमा संलग्न थिए । क्युबाली सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा नागरिकहरूले आफ्नो जिम्मेवारी इमानदारी र वीरतापूर्वक पूरा गरेकाे भनिएकाे छ । उनीहरूकाे प्रत्यक्ष लडाइँ वा सुविधामा भएको बमबारीमा परी मृत्यु भएकाे हाे। उनीहरूले आफ्नो कर्तव्य सम्मानपूर्वक निर्वाह गरेकाे जनाइएकाे हाे।

घटनापछि क्युबाले दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । हाभानामा सार्वजनिक कार्यक्रम र सरकारी समारोहहरू स्थगित गरिएको हाे।