Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


बालेन शाह सवार हेलिकाेप्टर झापामा ल्याण्ड गर्न नदिएपछि काठमाडौं फर्कियाे

निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकाेप्टरमा गएकाे खुलासा

15.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सवार हेलिकोप्टर झापामा ल्याण्ड गर्न नदिएपछि काठमाडाैंमा फर्काइएको छ ।

नेता शाह काठमाडौंमा बिहीबार बिहान मतदान गरेर हेली एभरेस्टको हेलिकाेप्टर चढेर झापा जानुभएकाे थियाे । उहाँ सवार हेलिकाेप्टर ल्यान्ड नगरी काठमाडौंको त्रिभुवन विमानस्थलमै फर्किएको थियो ।

त्रिभुवन विमानस्थल उच्च स्रोतले नेता शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकाेप्टर लिएर गएपछि झापामा ल्याण्ड गर्न नदिइएको खुलाासा भएकाे हाे। आयोगबाट अनुमति लिएको नदेखिएपछि फर्काइएको स्रोतले जनाएकाे छ ।