Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


टर्कीको वार्षिक मुद्रास्फीति दर ३० दशमलव ८९ प्रतिशत कायम


143
Shares

एजेन्सी। टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरको ३१ दशमलव ०७ प्रतिशतबाट सामान्य घटेर डिसेम्बरमा ३० दशमलव ८९ प्रतिशत कायम भएको छ ।

टर्कीको तथ्यांक विभागका अनुसार मुद्रास्फीति मापन गर्ने ‘बास्केट’ मा सबै भन्दा बढी भार रहेका तीन मुख्य खर्च समूहहरूमा उपभोक्ता मूल्य वृद्धि जारी रहेको देखिएको हाे । वार्षिक आधारमा खाद्य तथा गैर–रक्सीजन्य पेय पदार्थको मूल्य २८ दशमलव ३१ प्रतिशत, यातायातको २८ दशमलव ४४ प्रतिशत र आवासको मूल्य ४९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । यी क्षेत्रहरू नै वार्षिक मुद्रास्फीति दरमा सबैभन्दा बढी योगदान पुर्‍याउने मुख्य कारकहरू रहेका छन्।

कूल वृद्धिमा खाद्य तथा गैर–रक्सीजन्य पेय पदार्थले ७ दशमलव ०७ प्रतिशत बिन्दु, आवासले ७ दशमलव ५२ प्रतिशत बिन्दु र यातायातले ४ दशमलव ३६ प्रतिशत बिन्दुको योगदान पुर्‍याएका छन् । त्यस्तै, मासिक आधारमा डिसेम्बर महिनामा उपभोक्ता मूल्य ० दशमलव ८९ प्रतिशतले बढेको छ । यो वृद्धि गत वर्षको नोभेम्बरमा रेकर्ड गरिएको ० दशमलव ८७ प्रतिशतको वृद्धिको तुलनामा थोरै बढी हो ।