काठमाडौं । भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी सोमबार सार्वजनिक गरिएको छ।
साेही खेल आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा हुने भएकाे हाे। नेपाल क्रिकेट संघ (क्यान)र आधिकारिक किट पार्टनर ‘टी१० स्पोर्ट्स्’ को सहकार्यमा जर्सी सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा विश्व भ्रमणमा निकालिएको आईसीसी टी-२० विश्वकप ट्रफी पनि अनावरण गरिएको छ ।
नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्ने भएकाे हाे। कार्यक्रममा आईसीसी विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीमा राखिएको थियो ।





प्रतिक्रिया दिनुहोस्