Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


कोशी प्रदेशकाे उच्च पहाडी-हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित

520
Shares

काठमाडाैं। हाल देशैभरी पश्चिमी वायूको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, साेमबार दिउँसाे भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन प्रभावित हुने भएकाे हाे। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे हाे। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै, साेमबार राति भने तराई क्षेत्रका खधिकांश स्थानहरूमा हुस्सु लाग्ने भएकाे हाे । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली हुने भएकाे हाे। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे महाशाखाले जनाएकाे छ।