Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गर्दा ४० जनाको मृत्यु


975
Shares

एजेन्सी। अमेरिकी सेनाकाे भेनेजुएलामा गरेको आक्रमणमा परी करिब ४० जनाको मृत्यु भएको छ।

न्युयोर्क टाइम्सले जनाएको शनिबार अमेरिकाले भेनेजुएलाकाे राजधानी काराकास लगायतका शहरहरूमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । अमेरिकी सेनाले उनीहरुलाई न्यूयोर्क पुर्‍याएर हिरासतमा राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताउनुभएकाे थियाे ।

तर न्यूयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको एक रिपोर्ट अनुसार अमेरिकी सेनाले राष्ट्रपति मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकहरुकाे मृत्यु भएकाे छ।