Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाललाई बयानका लागि पठायो पत्र

पूर्वप्रधानमन्त्री ओलीलाई पनि बयानका लागि पत्र पठाउने आयाेगकाे तयारी

1.4k
Shares

काठमाडाैं। गत भदौ २३ र २४ गते भएका घटना छानवीनका लागि गठीत जाँचबुझ आयोगले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई बयानका लागि बोलाएको छ ।

दुवै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्नहरु पनि पठाइएको आयोग स्रोतले बताएकाे हाे। संयोजक दाहाल भदौ २४ गतेको प्रदर्शन हुँदा सिंहदरबारभित्रै रहेकोमा सेनाले उहाँलाई पनि उद्धार गरेको थियो। त्यस्तै, सभापति देउवा भने उक्त दिन बूढानीलकण्ठस्थित आफ्नै घरमा रहेकोमा जेनजी आन्दोलनकारीहरुले निर्घात कूटपिट गरेका थिए । आन्दोलन चर्किदै गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदत्याग गरेर हेलिकाेप्टरमा भाग्नुभएकाे थियाे ।

कर्मचारी र सुरक्षाकर्मीसँग बयान सकेको आयोगले एमाले अध्यक्ष ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी गरेको छ ।