Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


नवाैं एनभीए भलिबलको पुरूषतर्फ हेल्प नेपाल र नेपाल पुलिस सेमिफाइनलमा प्रवेश


364
Shares

काठमाडाैं। नवौं एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको सेमिफाइनलमा साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार सम्पन्न अन्तिम आठको पहिलो खेलमा दुवै टीमले क्वार्टरफाइनलमा जित हासिल गरेसँगै फाइनल प्रवेशका लागि यी दुई टोलीबी प्रतिस्पर्धा हुने निश्चित भएकाे हाे। हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । बुढानिलकण्ठ २५–१३, २५–२३ र २५–१८ ले पराजित भएको थियो । त्यस्तै, दोस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिसले कोशी प्रदेश भलिबल संघलाई ३–० कै सोझो सेटमा पराजित गर्‍यो ।

कोशी २५–१९, २५–१७, २५–१८ को नतिजामा पराजित भएको हो । आजै भएको तेस्रो क्वार्टरफाइनल खेलबाट रुकुम पश्चिम ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले २२–२५ को सुरुआती अग्रता लिएकोमा रुकुमले शानदार पुनरागमन गर्दै ३–१ को जीत निकालेको हो । रुकुमले एपीएफलाई २५–२०, २५–१६ र २५–२० ले पराजित गरेको छ ।

सेमिफाइनलमा रुकुमले विभागीय टोली त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबीचको विजेतासँग खेल्ने भएकाे हाे।