Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


एनएसजेएफ स्पोर्टस अवार्ड पुस २३ गते पोखरामा हुने

१० विधामा उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिने

637
Shares

काठमाडाैं। गत भदौ २९ गते हुने भनिएको एनएसजेएफ स्पोर्टस अवार्ड यहि पुस २३ गते पोखरामा आयोजना हुने भएको छ।

जेनजी आन्दोलनका कारण स्थगित भएको २२औं संस्करणको अवार्ड पुस २३ गते पोखरामा हुने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै गत भदौ २९ गते प्रभावित अवार्डको नयाँ मिति तय भएको जानकारी दिएको छ । यसैगरी स्पोर्टस अवार्डमा यति एयरलाइन्स नयाँ प्रायोजकका रूपमा जोडिएको मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताएका हुन् । यति एयरलाइन्सले अवार्डमा सहभागी हुने मनोननयमा पर्न सफल खेलाडी, प्रशिक्षक र अतिथिलाई सेवा प्रदान गर्नेछ ।

त्यसैगरी आइतबारकै मितिदेखि अवार्डको महत्वपूर्ण विधाको रुपमा रहेको पिपल्स च्वाइसको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। स्पोर्टस अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुने भएकाे हाे। त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोर्टस समिट हुने बताइएको छ। एनएसजेएफ स्पोटर्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिने छ । त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेको छ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएकाे हाे। अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिने भएकाे छ ।