Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


नेपाली क्रिकेटका प्रशिक्षक टमाटासहित ५ जना खेलकर्मी राखेपकाे सदस्यमा नियुक्त


0
Shares

काठमाडौं । नेपाली क्रिकेटका सदावाहर प्रशिक्षक जगतबहादुर टमाटासहित ५ जना खेलकर्मी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यमा मनोनित भएका छन् ।

परिषदको रिक्त रहेको ५ सदस्यको पदपूर्ति गर्ने क्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाली क्रिकेटका सदावाहर प्रशिक्षक टमाटासहित एथ्लेटिक्सका शान्तकुमार महता, तेक्वान्दोका कुमार लामा घिसिङ, रोजेश खड्का र प्रयास कार्कीलाई ४ वर्षका लागि सदस्य नियुक्त गर्नुभएको हो । मन्त्री गुप्ताले नवनियुक्त सदस्यहरुलाई शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पद तथा गाेपनीयताकाे शपथग्रहण गराउनुभयो।

नेपाली क्रिकेटलाई विश्वकपको मञ्चसम्म डोर्याउने वरिष्ठ क्रिकेट प्रशिक्षक टमाटाको ४ दशक लामो खेलकुद सक्रियताको सम्मानस्वरुप राखेफको सदस्यमा नियुक्त गरिएको हो । टमाटा राष्ट्रिय क्रिकेट टोली महिला, पुरुष र युवाको प्रशिक्षक पनि गरिसकेका छन् । सन् २०१८ मा नेपालले ओडिआई मान्यता पाउँदा उनीनै पुरुष टोलीको मुख्य प्रशिक्षक थिए ।

टमाटा २०७८ सालमा एनएसजेएफ स्पोर्टस अवार्डमा दशकको उत्कृष्ट प्रशिक्षकबाट समेत सम्मानित भइसकेका छन् ।