Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


बीपीएलकाे उद्घाटन उद्घाटन खेलमा राजशाही वारियर्स विजयी

नेपाली स्टार सन्दीपको उत्कृष्ट प्रदर्शन

3k
Shares

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) को उद्घाटन खेलमा नेपाली स्टार सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले विजयी शुरुवात गरेको छ ।

राजशाहीलाई ८ विकेटको जित दिलाउन सन्दीपले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका हुन् । सिल्हेट टाइटन्सले पहिले ब्याटिङ गर्दै १ सय ९१ रनको लक्ष्य दिएको थियो । राजशाहीले केवल २ विकेट क्षतिमा २ बल अगाडि लक्ष्य भेट्यो । राजशाहीका कप्तान नाजमुल हुसैन सान्टोले उत्कृष्ट शतक हानेका थिए । उनले ६० बलमा अविजित १ सय १ रन हान्दै टिमलाई जितसम्म पुर्‍याए । उनलाई मुस्फिकर रहिमले अर्धशतक बनाउँदै साथ दिएका थिए ।

दुवैतर्फका बलरहरुले संघर्ष गरेको म्याचमा सन्दीपले आफ्नो उत्कृष्टता देखाउन सफल भएका हुन् ।स्पिनरहरूलाई पिचले खासै सहयोग नगरेको भए पनि उनले २ महत्त्वपूर्ण विकेट लिएका थिए । सन्दीपले ओभरमा ३८ रन खर्चिएका थिए ।