Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


विप्लव नेतृत्वको माओवादीले सरकारविरूद्धकाे आन्दोलन शुरू


923
Shares

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले सरकारविरुद्ध आन्दोलन शुरु गरेको छ।

काठमाडौंमा शुक्रबारदेखि आन्दोलन शुरु भएको घोषणा गरेको हो । उनीहरुले सरकारविरोधी नाराबाजी गरेर विरोध जनाएका छन् । सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरुको माग छ । आन्दोलन घोषणा गर्दै महासचिव विप्लवले अन्तरिम सुशीला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिँदै उनीहरुको मनोभ्रम ध्वस्त पार्न आफूहरु तयार रहेको बताएका छन् ।

शुक्रबारदेखि माओवादीले आन्दोलनको कार्यक्रम शुरु गरेको र यो निरन्तर जारी रहने उनीहरुले बताएका हुन्।