Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


भेनेजुएलामा समुन्द्री डकैती र नाकाबन्दी विरूद्धको नयाँ कानून पारित


260
Shares

एजेन्सी। भेनेजुएलाको नेशनल एसेम्बलीले समुन्द्री डकैती, नाकाबन्दी र अन्य अवैध अन्तर्राष्ट्रिय कार्यहरूबाट जल सम्बन्धी स्वतन्त्रता-व्यापारको रक्षा गर्ने उद्देश्यले नयाँ कानून पारित गरेको छ।

क्यारिबियन क्षेत्रमा भेनेजुएलाको तेल बोकेका जहाजहरू अमेरिकाले नियन्त्रणमा लिएपछि यो कदम चालिएको हो । नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले मतदानपछि समुन्द्री डकैती, नाकाबन्दी र अन्य अन्तर्राष्ट्रिय अवैध कार्यहरूविरुद्ध जलयात्रा-वाणिज्यको स्वतन्त्रता सुनिश्चित गर्ने कानून पारित भएको घोषणा गर्नुभयो । साेही कानून एक विशेष सत्र र आकस्मिक प्रक्रिया अन्तर्गत पारित गरिएको हो । यस कानूनमा समुन्द्री डकैती वा नाकाबन्दीलाई प्रोत्साहन गर्ने वा लगानी गर्ने जोकोहीलाई २० वर्षसम्मको जेल सजाय हुने प्रावधान राखिएको छ।

अधिकारीहरूले अमेरिकी खतराको रूपमा व्याख्या गरेका गतिविधिहरूबाट भेनेजुएलाको व्यावसायिक र राजनीतिक सम्बन्धलाई सुरक्षित राख्नु यस कानूनको मुख्य लक्ष्य हो । राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय सार्वभौम सत्ताको रक्षाको प्रयास स्वरूप प्रश्ताव गरेको यस विधेयकलाई सोमबार नेशनल एसेम्बलीले पहिलो चरणमा अनुमोदन गरेको थियो।