Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


एन्फा यू-१६ युथ फुटबल लिगमा प्लानिङ ब्वाइजको चौथो जित

श्री भगवती क्लब भने ४-१ गोलले पराजित

52
Shares

काठमाडाैं। एन्फा यू-१६ युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेड विजयी भएकाे छ।

सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा प्लानिङले श्री भगवती क्लबलाई ४-१ गोलले पराजित गरेकाे हाे।प्लानिङलाई जित दिलाउन ओम खड्काले दुई गोल गरेका थिए । त्यस्तै, प्रशान्त तामाङ र प्रकाश बुढाथोकीको नाममा समान एक-एक गोल रह्यो । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा अनिल गुरुङले गरेको गोल भगवतीका लागि सान्त्वना बन्यो ।

लिगमा प्लानिङको यो चौथो जित हो । पुछारबाट दोस्रो स्थानमा रहेको प्लानिङले २५ खेलमा १४ अंक जोडेको छ । समान खेलबाट ३० अंक जोड्दै भगवती आठौं स्थानमा रहेकाे हाे।