काठमाडौं, असोज ८ । मुलुकमा अब बाघको संख्या २३५ पुगेको छ । वन तथा वातावरण मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१३ यता मुलुकमा ३७ वटा बाघ थपिएका हुन् ।
सबैभन्दा बढी बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जमा भने संख्या घटेको छ । करिब १० करोड रुपैयाँ खर्चेर गत साउनमा तयार पारिएको प्रतिवेदनअनुसार चितवनमा २७ वटा र शुक्लाफाँटामा एउटा बाघ घटेको हो ।
अन्य निकुञ्जमा भने बाघ बढेका छन् । –कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्